ललितपुर - विक्रम संवत् २०२२ साल वैशाख १८ गते साविक इखुडोल गाविसमा जन्मिएका चेतनाथ सञ्जेल हाल दक्षिण ललितपुरको केन्द्र चापागाउँमा बसोबास गर्दै आएका छन् । बागमती प्रदेश सभाका निवर्तमान सांसद सञ्जेल ललितपुर जिल्लामा विकासप्रेमी नेताको रूपमा परिचित छन् ।
नेकपा एमालेको गाउँ कमिटीदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका सञ्जेल पार्टी संगठन विस्तारसँगै जनताको समस्या समाधानमा निरन्तर सक्रिय रहँदै आएका नेता हुन् । उनी नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका छन् । शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि तथा भौतिक पूर्वाधारका क्षेत्रमा उनले पुर्याएको योगदानलाई जिल्लावासीले उल्लेखनीय उपलब्धिका रूपमा लिएका छन् ।
विशेष गरी सञ्जेलको पहल र समन्वयमा ती क्षेत्रका लागि छुट्याइएको बजेट र स्रोत सुनिश्चितता प्रदेश योजना प्रणालीमा उच्च प्राथमिकतामा परेको देखिन्छ । विकासका योजनालाई कागजमा मात्र सीमित नराखी कार्यान्वयनमा जोड दिनु उनको मुख्य विशेषता रहेको स्थानीयवासी बताउँछन् । उनका प्रयासका कारण दक्षिण ललितपुरका विभिन्न बस्तीहरूमा सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्यसम्बन्धी पूर्वाधारमा सुधार आएको छ ।
आफ्नो जिल्लाका आम नागरिकलाई हरपल सहयोग गर्नुपर्ने जिम्मेवारीलाई उनले सधैँ आत्मसात गर्दै आएका छन् । व्यवहारमा पारदर्शिता र इमान्दारितालाई प्राथमिकतामा राख्दै काम गर्ने नेताका रूपमा उनी जनतामाझ विश्वासिलो बनेका छन् । जनप्रतिनिधिले जनताको सेवक हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै उतार्ने प्रयास सञ्जेलले गर्दै आएको बताइन्छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा चेतनाथ सञ्जेललाई पुनः संसदमा पठाएर निरन्तर विकासको यात्रालाई अघि बढाउन स्थानीयस्तरबाट अपिल गरिएको छ । गोदावरी, कोन्ज्योसोम, महाङ्काल तथा बागमती पालिकाका मतदाताहरूलाई सूर्य चिन्हमा मतदान गरी सञ्जेललाई विजयी गराउन अनुरोध गरिएको छ ।
नवीनतम समाज निर्माण, समावेशी विकास र दीर्घकालीन योजनाको कार्यान्वयनका लागि अनुभवी र इमान्दार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै समर्थकहरूले चेतनाथ सञ्जेल त्यसका लागि उपयुक्त पात्र भएको दाबी गरेका छन् । “यस पटकको मेरो भोट सूर्यमा” भन्ने नारासहित स्थानीयस्तरमा प्रचार–प्रसार तीव्र बनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दक्षिण ललितपुरको विकासको निरन्तरताका लागि चेतनाथ सञ्जेलको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।